स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भए पनि विगत ९ वर्षदेखी पोखरा महानगरपालिका–१७ बस्दै आएकी ३८ वर्षिया रुपा मगर सुनार केही दिनअघि चितवन गएकी थिइन् । गाउँकी फूपू विरामी भएपछि भरतपुर क्यान्सर अस्पताल पुगेकी उनी घरमा छोराछोरी एक्लै छन् भनेर पोखरा फर्किन लागिन् । उनी चितवनबाट काठमाडांै जाने गाडीमा मुग्लिङसम्म आइन् ।
मुग्लिङबाट उनले गाडी फेर्नुपर्ने थियो । चितवनबाट सिधै पोखरा आउने माइक्रो बस पाइने भए पनि उनलाई त्यसबारे जानकारी भएन् । उनी पोखरा आउनको लागि काठमाडौबाट आउने ठूला बस र माइक्रो बस कुरिरहेकी थिइन् । कतिपय माइक्रो बस भीड भएकाले मुग्लिङमा नरोकि सिधै आए । उनलाई घर आउन हतार थियो । साना छोराछोरीको पीरले मन अतालिएको थियो । त्यही बेला काठमाडौंको माइक्रो बस पोखराको लागि आयो । पोखरा–पोखरा–पोखरा सहचालक चिच्चाइरहेको थियो ।
रुपाले पोखराको भाडा कति हो ? सहचालकसँग सोधिन । सहचालकले ५ सय ५० जवाफ फर्कायो । उनीस“ग साथमा जम्मा ५ सय रुपैयाँ मात्र थियो । ५० रुपैयाँ नपुगेकाले उनी माइक्रो चढ्न पाइनन् । सहचालकले भाडा अनुसार नदिने हो भने तपाई नचढ्नुस भनेर धेकिलेदिएको रुपा बताउँछिन् । ५० रुपैयाँ नभएकै कारण पोखरा आउन नसकेकी रुपाले सडकमा डियूटी गरिहरेको प्रहरीसँग हारगुहार गरिन् । ‘मनमा पीर मात्र छ लाज पनि लागेन पुलिससँग गएर घर जान पाइन भन्दै रोए’ उनले भनिन, ‘पुलिसले मलाई भाडा मिलाएर लग्दे भनेपछि ५ सय रुपैयाँमा पोखरा आए ।’ उनले कहिलेकाँही साथमा पैसा नहुदाँ पनि यात्रा गर्नुपर्ने बाध्यता पर्ने बताइन् ।
रुपा मिस्त्री काम गर्छिन् । उनका श्रीमान पनि मिस्त्री नै हुन् । उनीजस्तै धेरै यात्रु बीचबाटोमा नै अलपत्र परेका छन् । सरकारले तोकिदिएको भाडादर भन्दा बढी भाडा लिने भएपछि यात्रुलाई बीच बाटोमा अप्ठ्यारो पर्ने गरेको गुनासो आ“धीखोला गाउ“पालिकाका समर ढकाल बताउछन् । पोखरा–१ बगर बस्दै आएका उनी विद्यार्थी हुन् । ‘मलाई पनि डुम्रेबाट पोखरा आउन एकदिन यस्तै समस्या पर्यो’ ढकाल भन्छन, ‘साथमा ६ सय रुपैयाँ थियो । भोग लागेर मःम खाइदिए डेढसय सकियो । साथमा ४ सय ५० बाँकी त थियो सहचालकले ५ सयकी ५ सय भन्यो । भाडा मिलाइदेन न साथमा पैसा छैन त भने यो उमेरको मान्छे विनापैसा गाडीमा के खान चढिस भनेर बाटैमा पो झारिदियो ।’ उनले त्यसपछि ट्राफिक प्रहरीलाई खबर गरिदिएको बताए । ‘म अर्को माइक्रोमा पोखरा आए’ उनले सुनाए ।
सरकारले पोखरा–काठमाण्डौको लागि प्रतिकिलोमिटर २.६६ रुपैया“ भाडा तोकेको छ । कोभिड महामारीले यातायात व्यवसायी धरासयी बनेपछि सरकारले तोकिएको भाडादरमा २० प्रतिशत बृद्धि गर्न पाउने व्यवस्था गर्यो । तोकिएको अधिकार भन्दा बढी भाडा लिए कारबाही हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघ गण्डकी प्रदेशका संयोजक भानुभक्त बराल बताउँछन् । ‘भाडादरबारे यात्रुले पनि बुझेको हुनुपर्छ’ उनले भने, ‘गाडीमा जति पैसा माग्यो उत्ति दिने भएपछि समस्या आउछ नै । आफू कहाँ जाने हो यसको भाडा कति छ भनेर पहिलै अध्ययन गर्ने हो भने गाडीवालाले झुक्याउन सक्दैन’ उनले यदी आफूलाई बढी भाडा लियो भन्ने भयो भने सम्बन्धित यातायात व्यवसायी कम्पनी या, नजिकैको ट्राफिक प्रहरी कार्यालयमा खबर गर्न सकिने बताए । ‘समयमै खबरदारी गर्ने हो भने आफ्नो पैसा फिर्ता आउँछ’ उनले भने, ‘गाडीमा पनि भाडादर टाँसिएको हुन्छ खै भाडादर भनेर सहचालकस“ग प्रश्न गर्न सक्नुपर्छ ।’ गण्डकी प्रदेशभित्र चल्ने यातायातको लागि प्रतिकिलोमिटर ३ रुपैयाँ २० पैसा भाडादर तोकिएको बरालले जानकारी दिए । पोखरादेखी काठमाण्डौ जाने यात्रु भन्दा बीचमा चढ्ने यात्रुसँग बढी फाइदा हुने भएकाले गाडीवालाले लोकल यात्रु नै बढी हाल्ने बरालको भनाई छ ।
यातायात व्यवस्थापन समिति गण्डकी प्रदेशले नै भाडादर कायम गर्ने बरालले बताए । यातायात कार्यालयका प्रमुख संयोजक रहने यस समितिमा प्रहरी, मजदुर, यातायात व्यवसायी, सवै रहन्छन् । सोही समितिले भाडादर तोकेपछि बेलाबेलामा अनुगमन समेत गरिने उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कास्कीका प्रमुख अमृत बस्नेतले समयमै गुनासो गरिदिए बढी भाडा लिनेहरुलाई कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पठाउन सकिने बताए । ‘यात्रुले समयमै खबर गर्दिनन्’ उनले भने, ‘यात्रुलाई भादादर कति हो भन्ने जानकारी पनि हुदैन । पुलिस सडकमै छ जहाँ पुलिस छन् त्यही खबर गरिदिने भने अर्को दिन फेरी गल्ती दोहोरिन्थिएन ।’ उनले यात्रुबाट गुनासो आएका बस, माइक्रोलाई बेलाबेलामा कारबाही गरिएको बताए ।
