माइक विग्रिएपछि संसद वैठक स्थगित

Share this post :

Facebook
Twitter
WhatsApp

माइक विग्रिएपछि गण्डकी प्रदेश सभाको वैठक आधी घण्टाको लागि स्थगित गरिएको छ । आइतबार विहान ११ बजेदेखी सुरु भएको बैठकमा बजेटमाथि छलफल चलिरहेको थियो । सोही क्रममा माइकमा प्राविधिक समस्या आएको बताउदै सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि स्थगित भएको जानकारी गराए ।
बजेटमा सांसदले मुख्यमन्त्री र मन्त्रीले बाबु आमाको नाममा ट्रष्ट खोल्दै करोडौ रकम राख्दा जनताले ५ लाखको खानेपानी, सडक, विद्युतका योजना नपाएको बताएका थिए । जनताको ढाड सेक्ने गरि कर बढाउने, जनतामुखी बजेट ल्याउन नमानेर आफ्नो मनपरी तरिकाले बजेट ल्याइएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । उनका अनुसार संघियता नै धरापमा पार्ने गरि सरकारले बजेट ल्याएको छ । उनले पछि थप गरिएका २८ करोडका योजनाको लागि बजेट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि प्रश्न गरेका थ्एि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *