माओवादीले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रले केन्द्रिय समितिको वैठक अवदेखी प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादी पदाधिकारी वैठकले उक्त निर्णय गरेको हो । माओवादीको वैठक अव साउन १७ गते बस्दै छ । पार्टी लोकतान्त्रिक पद्धतिअनुसार चलाउनको लागि प्रत्यक्ष लाइभ अहिलेको आवश्यकता रहेको नेताले बताएका छन् ।

यसअघि साउन २ देखि १० सम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व पनि ३५ प्रतिशत पुग्ने बताइएको छ । यसपटक माओवादी केन्द्रीय समितिमा २३ र २४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *