नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार गण्डकीमा सुरेश आलेमगर अन्य समूह प्रदेश २ मा उर्मिला अर्याल र भरत सुनार दलित, कर्णालीमा नरबहादुर विष्ट अपाङ्ग÷अल्पसंख्यक र सुदूरपश्चिममा जगत पार्की दलित लाई उम्मेदवार बनाएको छ ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ । आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
Post Views: 23