माओवादी एकताबद्ध हुनुपर्छ– प्रधानमन्त्री दाहाल

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी एकताबद्ध हुनुपर्ने प्रतिक्रिया दिएका छन् । आफूहरुविरुद्ध षड्यन्त्र भइरहेको बताउदै उनले विभिन्न धारमा विभाजित हुँदासमेत बलियो भएपछि षडयन्त्र भइरहेको बताएका हुन् ।
सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्दका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले माओवादी एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्व निकै कमजोर हुने बताए । उनले माओवादी शक्ति रहेको बताए । उनले माओवादी आन्दोलनबाट प्राप्त व्यवस्थतप्रति हमला भएको बताउदै वर्तमान संविधानमाथि पनि हमला भइरहेको बताए ।
सार्वभौम जनताको संविधानका विरुद्धमा षडयन्त्र भइरहेको बताउँदै उनले सबै माओवादी धारका पार्टी एकजुट हुनुपर्ने बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला लगायतका नेताहको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *