
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको पदाधिकारी चयनका लागि मतदान भएको छ । जसको ३ उपाध्यक्षमा गुणाखर बस्याल पर्वतबाट, ज्ञामनाथ गैह्रे बाग्लुङ्गबाट, मित्रशरण शर्मा नवलपुरबाट निर्वाचित भएका छन् । त्यसैगरी १ जना सचिवमा जगन्नाथ खनाल गोर्खाबाट, ३ जना सहसचिवमा अतिन्द्र केशरी न्यौपाने तनहूँबाट, टेक बहादुर वि क म्याग्दीबाट र मेख बहादुर भण्डारी लमजुङ्गबाट निर्वाचित भएका छन् । १ जना कोषाध्यक्षको लागि स्याङ्गजाका तारा भुषाल निर्वाचित भएका छन् ।
गत मंसिर २५ गते भएको प्रदेश अधिवेशनले प्रदेश कमिटीका सदस्य र अध्यक्ष मात्र चयन गरेर सकिएको थियो । पदाधिकारीमा सहमति नबन्दा लामो समय समितिले पूर्णता नपाएपछि बुधबार मतदानबाट पदाधिकारी टुँगो लगाइएको माओवादीले जनाएको छ ।

पोखरा महानगरपालिका–१२ स्थित मार्फा थकाली समाज घरमा हिजो देखि शुरु भएको दोस्रो पूर्ण बैठकमा पदाधिकारी चयन गर्ने एजेण्डा थियो । पदाधिकारी चयनका लागि सहमति हुन नसकेपछि बुधबार नै साँझ नै मतदान भएको हो ।
कस्ले कति मत पाए ? (मत सहित)
उपाध्यक्षहरु (३ सीटका लागि)
१. मित्रशरण शर्मा, नवलपुर, ९० मत
२. गुणाखर बस्याल, पर्वत, १२०
३. लोक प्रसाद बन्जरा, गोर्खा, ४८
४. ज्ञामनाथ गैह्रे, बाग्लुङ्ग ९३
५. गङ्गा पोख्रेल, कास्की ४६
७. गीता शाही, तनहूँ ६६
सचिव (१ सीटका लागि)
१. जगन्नाथ खनाल, गोर्खा, १००
२. बिष्णु भट्ट, गोर्खा, ७४
सहसचिव (३ सीटका लागि)
१. जीवन खाती, कास्की २३
२. मेख वहादुर भण्डारी, लमजुङ्ग, १०४
३. राज कुमार दुलाल, कास्की ५१
४. कल्पना अर्याल, स्याङ्गजा, ६६
५. अतिन्द्र केशरी न्यौपाने, तनहूँ, ११३
६. टेक वहादुर विक, म्याग्दी, १०८
कोषाध्यक्ष (१ सीटको लागि)
१. तारा भुसाल, स्याङ्गजा, ११९
२. भिम वहादुर विक, कास्की २३
३. मेख वहादुर विक, कास्की ३२