नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ। शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डलाई कोरोना पोजिटिभ देखिएको जनाएको छ।
प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।’
यसैबीच यो बीचमा उनीसँगको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउन र डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्न आग्रह गरिएको छ।
प्रचण्डलाई कोरोना भएसँगै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ।
Post Views: 23