माओवादी केन्द्रको पालिका सम्मेलन आज, भर्चुअल माध्यमबाट प्रचण्डले उद्घाटन गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रको शनिवार गाउँ र नगरपालिकास्तरीय सम्मेलन गर्दैछ । राष्ट्रिय सम्मेलन अन्तर्गत पालिकास्तरको अधिवेशन गर्न लागेको हो । देशभर ७ सय ५३ पालिकामा एकैपटक अधिवेशन शुरु हुने माओवादी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकमुष्टरुपमा सवै पालिकाको भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । शनिबार स्थानीय तहस्तरीय कमिटीले नेतृत्व पाउने र प्रदेशस्तरीय सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुनेछन् । प्रदेश सम्मेलन मंसिर २५ गते हुदैछ । माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादीले पहिलोपटक निर्वाचन प्रकृयालाई आत्मसाथ गर्दै अघि बढेको हो । सोही अनुसार सवै वडामा मंसीर ४ मा नयाँ नेतृत्व चयन भएको छ ।
माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगले जनाएको छ ।
पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।
वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २ सय, उपमहानगरमा ३ सय र महानगरमा ४ सय प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *