मनाङ जिल्लाबाट माओवादी केन्द्रले जीत सुरुवात गरेको छ । नेस्याङ गाउँपालिका वडा नं. ९ को अध्यक्षमा चोल्पा गुरुङसहित सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुने सदस्यमा अनिल गुरुङ र धनबहादुर गुरुङ रहेका छन् ।
त्यस्तै महिलातर्फ रिया गुरुङ र दलित महिलातर्फ सुस्मिता सेन्चुरी निर्विरोध निर्वाचित भएको पार्टीका जिल्ला इन्चार्ज कपिल लामाले जानकारी दिएका छन् । उनीहरुलाई वडावासीको संयुक्त भेलाले जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित गरेको हो । यसबारे निर्वाचन आयोगले भने आधिकारिक पुष्टि गरेको छैन ।
Post Views: 20