माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।
पछिल्लोसमय त्याग सर्मपण भन्दा पनि हल्ला कै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा, तेस्तो तरिकालाई क्रस गर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरीएको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिलेको युग सुचना प्रविधिको युगको रुपमा स्थापित भएको छ । यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको छ ।’ उनले यसको संगठन ग्रास रुटसम्म यसको संगठन बिस्तार हुने बताए । समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति विचारकालाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्छ । आइसिटि फोरमले हल्ला कै भरमा संगठन बनाउने ट्रेन तरिकालाई क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्ने उनले बताए ।
पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौ त्यसमा भर पर्ने बताउदै प्रचण्डले सोही अनुरुप काम गर्न नवगठित आइसिटि फोरमलाई निर्देशन दिए । आइसिटीको महत्वलाई बुझेर पार्टीले जुन किसिमको महत्त्व दिएको छ त्यही अनुरुप काम गर्न प्रमले निर्देशन दिएका छन् ।
कार्यक्रमको संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यले गरेका थिए । उनले अहिले आइसिटि फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिए । सो कार्यक्रममा पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भूसाल, सूचना तथा संचार मन्त्री रेखा शर्मा लागायतको उपस्थिति थियो ।