माछा व्यवसायीको महानगरसंग गुनासो– कर लिन्छ बस्ने ठाउँ छैन्

Share this post :

Facebook
Twitter
WhatsApp

५५ बर्षिया मनमाया जलारी । दुई छोराछोरी, चार नातिनातिनाको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा छ । छोराछोरीले पनि धेरै नपढेकाले कुनै जागिर पाउन सकेका छैनन् । मनमायाकै कमाईमा आश्रित छ पुरै परिवार । उनी फेवातालमा माछा मार्ने र बजारमा विक्री गर्ने काम गर्छिन् । माछा बेचेर पर्ने पैसा नै उनको परिवारको आम्दानी हो । माछा बेच्ने बाहेक उनको अर्को पेशा छैन् ।
शनिवार विहान जस्तै आइतबार विहानै उनी प्लाष्टिकमा जिउ“दै माछा लिएर विक्रीको लागि पोखराको लेकसाइड आइपुगेकी थिइन् । साथमा श्रीमान जितबहादुर थिए । उनलाई श्रीमानको साथ त छ तर, महानगरपालिकाको भने छैन् । अर्कैको घरपेटीमा विहानको मौका पारी माछा विक्री गर्न आएकी उनले भनिन, ‘९÷१० बजेसम्म पसल खुल्दैनन् । हामी यही बसेर माछा बेच्छौ । जव पसल खोल्न साहु आउछन हामी सफा गरेर हिडिसकेका हुन्छौ ।’ विहान विक्री हुने जति माछा भए, विक्री नभएका माछा पुनः विक्रीको लागि बजार बजार डुल्नुपर्ने उनले बताइन् । उनले प्रतिकिलो माछाबाट १० रुपैया“ करबापत पोखरा महानगरलाई बुझाउनुपर्ने बताइन् ।

रातभरी फेवातालमा माछा मारेर उज्यालो भएपछि विक्रीको लागि पोखराको लेकसाइडस्थित पेटीमा बसेमा महिला । एकै ठाउँमा बसेर माछा बेच्ने ठाउँको व्यवस्था नगरेकोप्रति माछा व्यवसायीको महानगरप्रति गुनासो छ । तस्बिर प्रतिपत्र ।


‘डिकोपाटनमा पनि सार्वजानिक जग्गा खाली छ’ उनले दोहोयाइन, ‘यही जग्गामा हामीलाई बसेर माछा बेच्ने ठाउ“ बनाइदिए हुने । महानगरले कर मात्र लिन्छ तर, बस्ने ठाउ“ दिएको छैन । दुखले घरपेटीमा माछा बेचेको देख्यो भने फेरि लखेट्न आउ“छ । माछा बेच्ने ठाउ“ दिन नसक्ने महानगरले कर नलिनुनी ।’ उनको जस्तै यहा“का कर्यौ माछा व्यवसायीको महानगरसंग गुनासो छ । ३८ बर्षिया शान्ति जलारीले महानगरले माछा व्यवसायीलाई एक ठाउ“मा बसेर माछा बेच्न सकिने वातावरण बनाइदिन आग्रह गरिन् । महानगरले साना व्यवसायीलाई पेलेर काम गर्ने आरोप उनको थियो । उनी पनि मनमाया जस्तै विहानै अर्कैको पेटीमा माछा बेच्न आइपुग्छिन् । हरेक विहान घरको पेटीभरी माछा बेच्नको लागि महिला र किशोरीको भीड लाग्छ । रातभरी माछा मारेर विहान बेच्न आउने गरेको उनीहरु बताउ“छन् । ३ सयदेखी ३ सय ५० रुपैयामा प्रतिकिलो माछा विक्री हुने व्यवसायी बताउछन् । मनमायाले आइतबार विहान ४ किलो माछा ल्याएकी थिइन् । ‘तालमा रातभरी जाल कुरेर बसे जम्मा ४ किलो परेछन्’ उनले भनिन् ।
फुर्लुङमा माछा बोकेर दैनिक बजारबजार डुल्नुपर्ने बताउने खपौदीकी २० बर्षिया टिना जलारीले विहान बेलुका पुरै छाक कहिलै खान पाउदिनन् । भन्छिन, ‘एकै ठाउँमा बसेर बेच्न पाइदैन । बजारबजार डुल्नुपर्छ । दिउ“सोको ३÷४ बजे घर फर्किन्छु । खाना खाने बेलुका मात्रै हो ।’ हेर्दा पालती देखिने उनको तीनबर्ष पहिले विवाह भएको थियो । विवाहपछि उनी माछा व्यवसायमा लागेकी हुन् । उनले ५ किलो माछा लिएर विक्रीको लागि आएकी थिइन् । अर्कासंग ठेक्कामा किनेर विक्रीको लागि १० किलो माछा लिएर आएकी २५ बर्षिया सम्झना जलारीको पनि गुनासो उही छ । ‘एकै ठाउ“मा बसेर बेच्न पाए पो हुन्थ्यो, बजारबजार डुल्दा ज्यान पनि थकित हुन्छ’ उनले भनिन । २ सय ५० प्रतिकिलो माछा किनेर उनले ३ सयमा विक्री गरेको बताएकी थिइन् ।
यतिबेला तालमा बढी जाल चोरी हुने समस्या रहेको मनमाया बताउछिन् । माछामा लगानी धेरै गर्नुपर्ने भएपनि आम्दानी भने लगानी अनुसार नभएको उनको दुखेसो थियो । माछाको भुर्रा छाड्ने, जाल किन्ने, महानगरलाई कर तिर्ने र लाइसेन्स नवीकरणमा बढी खर्च हुने उनको भनाई छ । तालमा माछाको भुर्रा सामूहिक रुपमा छाडेपनि जाल भने छुट्टाछुट्टै थाप्ने गरेको शान्ति बताउछिन् । उनीहरुका अनुसार एउटा जाललाई २५ सयदेखी ४ हजारसम्म पर्छ । जीतबहादुरका अनुसार फेवातालमा रौं, शहर, करंकार, भित्ता, माहुर, रेयातारे, कत्ले लगायत करिव २५ जातका माछा पाइन्छन् । रेयातारे, सहर र कत्ले माछा भने रैथाने माछा हुन् । भित्ता, कमलकार जस्ता माछा बाहिरबाट ल्याएर भुर्रा छाड्ने उनले बताए ।

बर्षमा दुईपटक करिव ७ लाख माछाको भुर्रा छाडिन्छ । ताल छेउमा बसोबास गरेका ९० घरपरिवारले पैसा उठाएर भुरा छाड्ने गरेको जितबहादुर बताउ“छन् । यसो त तालमा पानीको मात्रा कम हुदा“ माछा व्यवसायी ठूलो समस्यामा परेका छन् । उनका अनुसार बा“ध खोल्दा १० बर्षसम्म मार्न नसकिने माछा एकै घण्टामा हराए । मंसीरदेखी वैशाखसम्म माछाको सिजन हो । यस समयमा पनि पाउन नसकिने उनीहरुको भनाई थियो । मत्स्य विकास सहकारीका अध्यक्ष इन्द्र जलारीले महानगरले माछा व्यवसायीलाई लगानी गर्नुपर्ने बताए । ‘बसेर विक्री गर्ने ठाउ“ भयो भने पनि ठूलो राहात मिल्ने थियो’ उनले भने, ‘महानगरसंग बारम्बार गुनासो गरियो तर, सुनुवाई भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *