मानसिक स्वास्थ्य सम्बन्धि रिपोर्टिङ गर्ने संचारकर्मीका लागि पुनर्ताजागी अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरिएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा स्वास्थ्य तालिम केन्द्रमा कार्यक्रम अन्तक्रिया गरिएकाे थियाे। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्माले गण्डकी प्रदेशमा मानसिक राेगीकाे अवस्था, यसका कारण, लक्षण र बच्ने उपायबारे बाेलेका थिए ।
अन्तक्रिया कार्यक्रममा कास्कीका कृयाशिल संचारकर्मीकाे सहभागिता थियाे । मानसिक राेग सरूवा नभई आफै उत्पन्न हुने राेग रहेकाे बताईएकाे थियाे । स्वास्थ्य नीतिमा समेटिएका विषयवस्तुबारे पनि बाेलिएकाे थियाे ।
मनाेसामाजिक सुस्वास्थ्यका लागि मिडियाकाे भूमिकाबारे प्रस्तुति गरियाेकाे थियाे भने यसबारे ११ प्रकारका अाैषधी रहेकाे बताईएकाे थियाे । जडीबुटीकाे केन्द्रित रहि विशेषत: याेगा नै यसकाे अाैषधी रहेकाे शर्माले बताए ।