विगत १३ वर्षदेखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताको आयोजना गर्दै आएको सिजन मिडियाले “मिस एयर होस्टेज २०२१” पाचौं संस्करणको छनौट चरण सम्पन्न भएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न एयर होस्टेजको तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयर होस्टेज सम्वन्धी तालिम लिएर जागिरको खोजिमा वसेका अथवा विमान परिचारिका वन्ने लक्ष्य लिएकामध्ये यस प्रतियोगीतामा सहभागीका लागि ४५ जना युवतीले आवेदन दिएका थिए । उक्त छनौट कार्यक्रममा निर्णायकमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य, एयर होस्टेज तालिम प्रशिक्षक गौरिकला थापा, हिमालयन एयर लाइन्सका सिसनयर इन्जिनीयर रन्जित जैसवाल र सेमन्त श्रेष्ठ रहेका थिए ।
पहिलो चरणको छनौटवाट छनौट भएका प्रतियोगीलाई मंसिरको २२ गतेवाट राष्ट्रिय नाचघर जमलमा दिनको २ देखि ४ वजेसम्म तालिम सन्चालन गरिने छ । विमान परिचारीका वन्न चाहाने युवतीको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले वताए ।
विगत केहि वर्षको अन्तरालपछि फेरी पनि यस प्रतियोगीतालाई निरन्तरता दिने हेतुले योे पाचौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त प्रतियोगीतनत्मक कार्यक्रममा २५ जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । अन्तिम प्रतिस्पर्धा पुसको पहिलो साता राजधानीमा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस एयर होस्टेज २०२१” कोे ताज उपाधि सहित विमान परिचारीका वन्ने अवसर प्रदान गरिने छन्, साथै उच्च शिक्षाको लागि छात्रावृत्ति र वैदेशिक शिक्षाको लागि पनि छात्रावृत्ति प्रदान गरिने छ । यस्तै, अन्य विभिन्न उपहारहरु पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
