सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २३ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ युनिट रगत संकलन भएकाे छ ।
सशस्त्र प्रहरीका अधिकृत र जवान गरि २४ जनाले रक्तदान गरेका थिए । संकलित रगत रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई हस्तान्तरण गरिएकाे छ । उक्त कार्यक्रमको सुभारम्भ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले गरेका थिए ।
सशस्त्र प्रहरी बलको गठन २०५८ सालमा भएता पनि मुक्तिनाथ बाहिनी मुख्यालयको स्थापना २०५९ असार १ गते तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका १६ वटा जिल्लामा तैनाथ भएका गण तथा गुल्मलाई कमाण्ड गर्ने गरी भएको थियो । हाल यस मुक्तिनाथ बाहिनी मुख्यालयको जिम्मेवारी क्षेत्र गण्डकी प्रदेश रहेको छ ।
स्थापना कालदेखी नै जनताको जिउधनको सुरक्षा¸ आन्तरिक शान्ति सुरक्षा¸ विकास परियोजनाको सुरक्षा¸ राजश्व संकलन कार्यमा सहयोग¸ सीमा सुरक्षा¸ विपद व्यबस्थापन तथा सामरिक एवं रणनैतिक महत्वका सम्वेदनशील पक्षहरुको शान्ति सुरक्षामा यस बाहिनीको अग्रणी भुमिका रहेको छ ।