गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई बर्खास्त गरेको कारण नबताए उनी विरुद्धका अडियो र भीडियोहरु सनसनीरुपमा खुलासा गर्ने बताएका छन् । विहीवार पत्रकारसंग भेटघाट गर्दै उनले सो कुरा बताएका हुन् ।
मंगलबार बर्खास्तीमा परेका गण्डकीका भौतिक पूर्वाधार, शहरी तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले मुख्यमन्त्री पोखरेलले आफूमाथि लगाइएको आरोपबारे प्रमाणित गर्नुपर्न बताए । उनले धम्कीपूर्ण रुपमा बर्खास्तीको चित्त बुझ्दो जवाफ नआए चुनावपछि मुख्यमन्त्रीसँग सम्बन्धित भिडियोहरु सार्वजानिक गर्ने बताएका थिए ।
‘मलाई बर्खास्ती गर्नुको दोष र आपराध के हो ? कसको कुरा सुनियो ? मलाई अपमानजनक तरिकाले निकालियो ?’ उनले भने, ‘तपाईलाई पार्टी केन्द्रिय कार्यालयमा धेरै कम्प्लेन गरिएको छ । केन्द्रिय तहबाट सोधपुछको लागि म आएको छु भन्दै सहमहामन्त्री जीवन परियार मलाई भेट्न आउनु भएको थियो । मैले वाहालवाला मन्त्री चुनाव प्रचारप्रसारमा हिड्न नसक्ने बताएका थिए । आचारसंहिताले नदिएको र आफू विरामी भएको बताए तर, भोलीपल्ट बर्खास्त गरियो ।’
पछिल्लोसमय मुख्यमन्त्रीसँग आफ्नो सम्बन्ध पनि चिसिदै गएको उनले बताएका थिए । नेपाल अखण्ड पार्टीका महासचिव खड्का २०७४ को निर्वाचन अघि काँग्रेस प्रवेश गरेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई आमन्त्रित केन्द्रीय सदस्य नियुक्ति गरेका थिए । त्यसपछि प्रदेशसभामा समानुपातिक सांसद भए । उनले प्रदेशकै ठूलो भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए ।
पत्रकारसँग कुराकानी गर्दै खड्को आफूलाई बर्खास्ती गर्नको लागि काँग्रेसकै अर्का मन्त्री विन्दुकुमार थापा हात धोएर पछि लागेको आरोप लगाए । थापा कास्की क्षेत्र नम्बर २ को २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् । काँग्रेसका थापा र खड्का पहिलेदेखीकै प्रतिस्पर्धी हुन् ।
