मुख्यमन्त्री कार्यालय घेराउ गर्ने ५ जना कर्मचारी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्ने ५ जना कर्मचारी पक्राउ परेका छन् । वैदाम प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भइसकेपछि प्रदेश सरकारले अध्यादेशमार्फत निजामति ऐन ल्याउने तयारी गरिरहदा स्थानीय तहका कर्मचारीले विरोध जनाएका थिए । विरोधस्वरुप धर्ना कार्यक्रममा सहभागी भएका उनीहरुलाई प्रहरीले आफ्नै गाडीमा राखेर बैदाम लगेको हो ।
स्थानीय तहका कर्मचारीलाई विभेद गर्ने र वृत्ति विकासमा निस्तेज पार्ने गरी प्रदेशले ऐन ल्याउन लागेको भन्दै स्थानीय तहका कर्मचारी असन्तुष्टि छन् । उनीहरुले व्यानरसहित आन्दोलन जनाएका थिए । विरोध ब्यानर निकालेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ र कानुन मन्त्रालय रहेको भवनको हाताभित्रै नाराबाजी गरेपछि पोखरा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, कर्मचारी चन्द्रकान्त तिमिल्सिनालगायत ५ जना पक्राउ परेका थिए । आन्दोलनलाई प्रहरीले हटाएको छ । निषेधित क्षेत्रमा कालो ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *