मुख्यमन्त्री खगराज अधिकारीले भोली विश्वासको मत लिने

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा अन्तर्गत संसदीय दलको वैठकमा भोली ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् । ‘आज सर्वदलीय वैठक बस्दै छ’ उनले भनिन, ‘बाँकी निर्णय त्यस वैठकबाट आउला । एमाले संसदीय दलको वैठकमा भोली ३ बजे विश्वासको मत लिने निर्णय भएको छ ।’ मन्त्री सुन्दासले सरकारले छिटै नै विश्वासको मत लिएपछि अन्य प्रक्रिया अगाडि बढाउन सहज हुने बताएकी छन् । स्वतन्त्र सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यक पर्छ । अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन थियो । अधिकारीलाई विश्वासको मत पाउन पनि सहज छ । अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्ता गर्ने तयारीमा छन् । केन्द्रमा काँग्रेसले विश्वासको मत लिएपछि प्रदेशमा पनि काँग्रेससँग विश्वासको मत माग्ने तयारीमा मुख्यमन्त्री छन् । यस्तै, गण्डकी प्रदेशसभा अन्र्तगत नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा रोशनबहादुर गाहा नियुक्त भएका छन् । नवलपुर पूर्वबाट निर्वाचित गाहा मन्त्री बन्ने लाइनमा थिए । आज बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारीले गाहालाई प्रमुख सचेतमा नियुक्त गरेको मन्त्री सीता सुन्दासले जानकारी दिइन् । उनका अनुसार सचेतक भने तोकिसकेको छैन् । गाहा यसअघि पनि प्रदेशसभा सदस्य भइसकेका छन् । एमालेका पृथ्वीसुव्वा गुरुङ नेतृत्वमा पनि मन्त्रीका दावी गरेका गाहा एमाले प्रतिपक्षमा हुदाँ लेखा समितिका संयोजक बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *