मुख्यमन्त्री पाण्डेले लिए पद तथा गोपनियताको शपथ

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङबाट शपथ लिएका हुन् । कांग्रेस संसदीय दलका नेता पाण्डे विहीवार मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओवादी र स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आफू नियुक्त भएसंगै शुक्रबार दुई जना महिला मन्त्री नियुक्त गरेका छन् । माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी विनाविभागीय मन्त्री नियुक्त भएका छन् । दुवै मन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनियताको शपथ लिएका छन् । सत्ता साझेदार दल कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व लिने सहमतिअनुसार पहिले कांग्रेसलाई मुख्यमन्त्री दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *