मुख्यमन्त्री र कोईकाको टोलीबिच भेटघाट

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कोरिया अन्तराष्ट्रिय सहयोग नियोगका (कोईका) को टोलीबिच बुधवार भेटघाट भएको छ । गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा कोईकाको ९ सदस्यीय टोली द्धिपक्षिय भेटघाटका लागि गण्डकी प्रदेश आएको हो । 
मुख्यमन्त्री कार्यालयमा भएको भेटघाटमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पाण्डेले प्रदेश सरकारको योजनामा कोईकाको साथ रहने विश्वास ब्यक्त गरे । प्रदेश सरकारले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा कोईकाको सहयोगको अपेक्षा गरेको उनले बताए ।
धेरै पहिलेदेखि नेपाल र कोरियाको सम्बन्धबारे चर्चा गर्दै उनले २०७२ को गोरखा भुकम्प, कोभिड १९ का समयमा पनि कोईकाले नेपाललाई गरेको सहयोग स्मरणीय रहेको बताएका थिए । गण्डकी प्रदेशको बिकासका लागि कोरिया सरकार र कोईकासँगको साँझेदारी महत्वपूर्ण हुने अपेक्षा सरकारको रहेको मुख्यमन्त्रीले बताए । 
कोईकाले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानसँगको सहकार्यमा प्रदेशसँग सहकार्य गर्ने तयारी गरेको छ । भेटघाटमा कोरिया अन्तराष्ट्रिय सहयोग नियोगका (कोईका) का उपाध्यक्ष Lee Yun Young ले कोरियन सरकार र कोईका गण्डकी प्रदेश सरकारसँग काम गर्न पाउँदा निकै खुसी रहेको बताउँदै सहकार्य हुने बताए । गण्डकी प्रदेशको समस्यालाई के कसरी सम्बाेधन गर्न सकिन्छ, त्यसका लागि प्रदेश सरकारसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सम्बाेधन गरिने उनले बताए ।
भेटघाट कार्यक्रममा  सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटा लगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *