गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र शिक्षा, सँस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बाबु–आमाको नाममा बजेट छुट्याएपछि चौतर्फी आलोचना खेपेका छन् । मुख्यमन्त्री पोखरेलले तनहुँको व्यास नगरपालिका–१० मा पिता गोवद्र्धन शर्माको नाममा स्थापित गोवद्र्धन शर्मा स्मृति कोषको लागि ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
शिक्षामन्त्री श्रेष्ठले बाबुआमाको नाममा खोलिएको पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी कोषको लागि आफ्नै मन्त्रालयबाट कार्यान्वयन हुने गरि ५० लाख रुपैयाँ छुट्याएका छन् । सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरि थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । मुख्यमन्त्रीको उक्त योजना पहिलो पटकमै समेटेको भए पनि शिक्षा मन्त्री श्रेष्ठका यी दुई योजना भने पछि थपिएका हुन् ।
असार १ मा प्रस्तुत बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएको भन्दै अर्थमन्त्रीलाई धम्क्याएपछि चर्चामा आएका शिक्षामन्त्री बाबुआमाकै नाममा बजेट छुट्याएपछि चौतर्फी आलोचित भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कटाइएको भन्दै अर्थमन्त्री रामजीप्रसाद बरालस“ग मुख्यमन्त्री, मन्त्रीहरु, सत्तारुढ दलकै सांसद र प्रतिपक्ष दलका सांसद आफूले रुष्ट बनेका थिए । आफूले भनेका योजना नपरेको भन्दै मन्त्रीहरुबीच मतभेद बढेको थियो । विवाद चुलिदै गठबन्धनका शिर्ष नेतासम्म पुग्यो । केन्द्रबाट गठबन्धनलाई मिलेर जान दवाव परेको थियो । बजेट पेश भएको २० दिनसम्म संसद नचलेपछि प्रतिपक्षले पनि मुख्यमन्त्रीको राजीनामा मागेको थियो ।
मुख्यमन्त्री र मन्त्रीहरुबीच सहमति गर्दा २८ करोड ४ लाखका नयाँ योजना थपिएका छन् । जसमा मन्त्री र का“ग्रेस नेताका नाममा बजेट छुटइएको छ । यसैगरी, काँग्रेस नेता अर्जुृन जोशीको कुश्मा नगरपालिका–८ मा पिताको नाममा खोलेको अमृत जोशी स्मृति पार्कका लागि २० लाख रुपैया“को योजना समेटिएको छ । कुश्मा नगरपालिकाकै पूर्व उपमेयर सीता काफ्ले लामिछानेको श्रीमान स्व.डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैया“ समेटिएको छ । सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने गरि म्याग्दीको बेनी नगरपालिका–७ शहिद मदन केसी स्मृति भवन निर्माणको लागि १२ लाख रुपैयाँ छुट्याएको छ ।
सांसद विनोद केसीले सहोदर दाईको नाममा उक्त बजेट विनियोजन गरेका हुन् । बाग्लुङकी सांसद पियारी थापाले पनि काठेखोला गाउँपालिका–४ मा रहेको जिमाक साँस्कृतिक सँग्रालयको लागि ६० रुपैयाँ छुट्याएकी छन् । गाउँमैत्री अक्षयकोषका लागि चालु वर्षमा ५० लाख रुपैयाँ छुट्याएको बताउ“दै उनले गत आवमा १० लाख बजेट परेको बताइन् । थापा र जनवादी कलाकार हेमराज पुनको विवाह सन्दर्भमा २०६६ मा १० हजारबाट कोषको स्थापना गरेका थिए । विचार व्यक्तिको भए पनि २०६८ मा विविधतरुपमा दर्ता भई सामाजिकिरण गरिएको उनले बताइन् । अक्षय कोषको अध्यक्ष श्रीमान नै रहेका छन् भने थापा संरक्षक रहेकी छन् । उक्त संग्रालय तीन तलाको निर्माण भएको हुदाँ यसवर्ष बजेट नपरे यसअघि परेका बजेट समेत हिनामिना हुने बताउदै सांसद थापाले अन्र्तराष्ट्रियस्तरको स“ग्रालय बनाउने हेतुले काम भइरहेको बताइन् । प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले राष्ट्रको लागि योग्दान पु¥याएकालाई सम्मान गर्दै आएको बताए । ‘विपी कोइराला हुन या पुष्पलाल श्रेष्ठ हामीले सम्मान गर्दै आएका छौ’ उनले भने, ‘तर, ५ लाखको योजना नपर्दा जनताले खानेपानी नपाएर दुःख भोगिरहेका बेला मन्त्रीका बाबुआमाको नाममा बजेट छुट्याउनु भनेको सत्ता र शक्तिको चरम दुरुपयोग हो ।’
अधिकारीले संसदमा नै ट्रष्टमा बजेट छुट्याएर सरकारलाई मजाक बनाएको बताए । आफ्ना योजना नपरेको भन्दै अर्थमन्त्रीलाई धम्काउनुको कारण यस्तो पो रहेछ भन्दै यतिबेला मुख्यमन्त्री र मन्त्रीको विरोध भइरहदा काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङले पनि विरोध जनाएका छन् । उनले नेताका नाममा खोलिने ट्रष्टले भ्रष्टाचार बढ्दै गएको र यस्ता प्रकृतिका बजेट रोक लगाउनुपर्ने बताएका छन् । काँग्रेस प्रदेश कार्यालयले पनि विज्ञप्ती सार्वजानिक गर्दै विरोध जनाएको छ । गण्डकीका अर्थमन्त्री बरालले बजेटमाथि छलफल गर्न संसद खुलाउने सहमति हुदाँ अन्य मन्त्रीबाट आएका योजना राख्न बाध्य भएको बताए । ‘जनताको हितमा नभएका यस्ता योजना पनि राख्न बाध्य भए’ उनले भने, ‘मेरो मात्र चल्ने भए पूर्वाधार विकास कार्यक्रम पनि राख्ने थिइन् । मन नपर्दानपर्दै बाध्यताले राखेको छु ।’