मुटुमा समस्या देखिएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।
नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । अस्पतालमा चेकजाँच गर्दा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो ।
Post Views: 69