नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खिम बहादुर विश्वकर्मा ‘हिक्मत’ ले मुलुकलाई हाक्न सक्ने दर्शन र तागत माओवादीसंग भएको दाबी गरेका छन् ।
स्याङ्जाको गल्याङ बजारमा आयोजित नेकपा माओवादी केन्द्रको विस्तारित नगर समितिको वैठकलाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका उनले राष्ट्रिय राजनीति २०६४ साल यता माओवादीको सेरोफेरोमा रहेको भन्दै माओवादीले जित्दा मात्रै मुलुक उदाहरण युक्त बन्न सक्ने दावी गरे । विश्वकर्माले विश्वमा क्रान्तिकारी धार हराउदै गएको अवस्थामा नेपालमा माओवादीका कारण विस्तार र जीवीत भएको स्पष्ट पारे ।
उनले माओवादी विरुद्ध प्रतिगमनकारीहरुले गलत प्रचार गरेर भ्रम सिर्जना गर्न खोजेको भन्दै माओवादी पार्टी कत्ति पनि आदर्शबाट विचलित नभएको ठोकुवा गरे ।
‘लिडर शिपको हिसाबले आजको दिन सम्म प्रचण्डको त्रुटी छैन’ विश्वकर्माले भने । पार्टीमा आवद्ध हुनेहरुले त्याग र समर्पण गर्नसके माओवादीे पुनः ६४ कै अवस्थामा फर्कने बताएका छन् ।
कार्यक्रममा जेष्ठ नागरिक मञ्चका केन्द्रिय सल्लाहकार टेकनाथ न्यौपाने, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति स्याङ्जाका संयोजक प्रकास न्यौपाने ‘किरण’ गण्डकी प्रदेश सदस्य हरि भट्टराई, गण्डकी प्रदेश सदस्य तथा गल्याङ नगर समिति ईन्चार्ज लोकेन्द्र थापामगर, नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति सदस्य केपी खनाल, जिल्ला समन्वन समिति सदस्य टंक खनाल, गल्याङ नगरपालिकाका उमेद्धार घनश्याम भट्टराई लगाएतले माओवादीले मात्र मुलुकको विकास र समृद्धि गर्न सक्ने बताएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गल्याङ नगर समिति संयोजक चन्द्र राना ‘चित्र’ ले शब्दले स्वागत गरेका थिए भने, संचालन नगर समिति सचिव गिताराम ढकालले गरेका थिए ।