नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताए ।
गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा स्थानीयसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताए ।
४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै अध्यक्ष दाहालले समकालिन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिएका थिए ।
आफ्नो उम्मेदवारी गोरखाबाट हुन गोरखाका लागि फाइदा रहेको बताए । मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी जलविद्युत परियोजना, बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष दाहालले बताए ।
चुनावी भेटघाटको क्रममा गोरखा आएका पूर्वप्रधानमन्त्री दाहाले दुइ दिन सम्म गोरखा रहने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखबहादुर थापाले जानकारी दिए ।
