मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल आज बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा आज बिहान ४ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *