मोडलिङमा सफलता खोज्दै स्याङ्जाका सन्तोष

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाका सन्तोष पौडेल अभिनित दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेको शब्द स्वरमा ‘नयाँ साथी…’ हालै सार्वजनिक भएको हो ।


सार्वजनिक म्यूजिक भिडियो गायिका आलेको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा अभिनय मार्फत उनै सन्तोष जोडिएका छन् । लोक पप शैलीमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा सन्तोषसंगै गायिका प्रिती आले, रञ्जन पाण्डे, बिबेक क्षेत्री, हरिप्रसाद रेग्मी, बिक्रम गुरुङ, रवि श्रेष्ठ, प्रकाश अधिकारी लगायतलाई देख्न सकिन्छ ।
प्रकाश न्यौपानेको शब्द प्रिती आले र जय देवकोटाको तीज गीत ‘खरि झर्योकी’ बाट मोडलिङमा डेब्यू गरेका सन्तोषको यो दोस्रो अभिनयमा हो । सानैदेखि गीत संगितमा रुची राख्ने सन्तोषले पहिलो तीज गीतबाट भन्दा हालै सार्वजनिक भएको नयाँ साथीबाट सकारात्मक प्रतिक्रिया मिलेका बताए ।
स्याङ्जको आँधीखोला गाउँपालिका–३ शान्तिडाँडामा जन्मिएका सन्तोष हाल बैंकिङ क्षेत्रमा कार्यरत छन् ।

बैंकिङ क्षेत्रसंगै मोडलिङलाई पनि संगै लैजाने लक्ष्य राखेका उनले दोस्रो अभिनयबाट धेरै हौषला र दर्शक स्रोताका सकरात्मक प्रतिक्रिया मिलेको बताए । उनले भने, ‘सानैदेखि गीतसंगितमा रुची राख्ने म तीज गीत हुँदै नयाँ प्रोजेक्टमा जोडिएको छु, त्यसबाट निकै हौसला मिलेको छ । दर्शक स्रोताले माया गरिरहनु भएको छ ।’ उनले थपे, ‘सानैदेखि रुचीको क्षेत्र भएको हुँदा मोडलिङ मेरो सानैदेखि रुचीको क्षेत्र भएको हुँदा विस्तारै यो क्षेत्रलाई निरन्तरता दिन्छु ।’
अहिले सार्वजनिक आफू अभिनित म्यूजिक भिडियो प्रिती आलेको उत्कृष्ठ स्वर, शब्द मा लोक–पप गीत निकै उत्कृष्ठ रहेको उनले बताए । विषेश गरी माया प्रेम भाव समेटेर तयार पारिएको म्यूजिक भिडियो हरेक हिसावले उत्कृष्ठ भएको दावी गरे । उनले भने, ‘यो गीतले साँच्चै मन छुन्छ । गीतलाई स्रोता अनि दर्शकहरुले पनि निकै रुचाउने विश्वास लिएको छु ।’
गीतको छायाङ्कन पोखरा र घान्द्रुकमा गरिएको भिडियोको निर्देशन स्वयम् आलेले गरेकी हुन् भने मिक्सिङ एचबीएन किस्मत, विमल छिनालले रेकर्ड गराएका हुन् । भिडियो गणेश सापकोटाले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *