मौसममा सुधार आएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित हुन थालेको छ ।
डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालोका कारण शुक्रबारदेखि पोखरा विमानस्थलमा उडान हुन सकेकाे थिएन् । उडान प्रभावित भएपछि यात्रु फर्किन बाध्य थिए ।
विमानस्थलका अनुसार बिहीबार बिहानैदेखि पोखरामा रहेका दुवै विमानस्थल सञ्चालनमा आएका छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुरानो आन्तरिक विमानस्थलबाट तीन किलोमिटर दूरीमा सञ्चालित छ । पुरानो आन्तरिक विमानस्थलबाट हिमाली जिल्ला मुस्ताङ र मनाङमा उडान हुन्छन् । त्यहीबाट पर्यटकीय अल्ट्रा उडान र हेलिकोप्टर चार्टर उडान हुने गरेका छन् ।
बुधबार दिउँसो १२:३० पछि केही सुधार हुँदै जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उपकरणको सहायताबाट हुने उडान आंशिक रूपमा खुला गरेको थियो ।
Post Views: 100