यसपालि मनसुन ढिला बाहिरिने

Share this post :

Facebook
Twitter
WhatsApp

यसपालि मनसुन बाहिरिन केही समय लाग्ने भएकाे छ । मौसम पूर्वानुमान् महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने जानकारी दिएको छ ।

पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशातर्फ सर्ने सम्भावना भएकाले देशका धेरै स्थानमा ३/४ दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाले यो समय बाली भित्र्याउने बेला पनि भएको हुँदा आवश्यक सतर्कता अपनाउन भनेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *