गण्डकी प्रदेश सरकार स्थापना भएको पहिलो वर्ष आगामी दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने कार्य सार्वजानिक गरिएको थियो । सरकार स्थापना भएको ६ वर्ष पुगिसक्दा पनि सरकारको उक्त लक्ष्य पुरा हुन सकेको छैन् । बुधबार संचारकर्मीसंग भेट गर्दै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले यस वर्षभित्र नै उज्यालो प्रदेश घोषणा कार्यक्रम सम्पन्न हुने बताएको छ । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सय दिनका उपलब्धि सार्वजानिक गर्दै उक्त कुरा बताएकी हुन् ।
प्रदेश सरकारको प्रवक्तासमेत रहेकी मन्त्री अर्यालले अघिल्लो आर्थिक वर्ष मन्त्रीको सम्पति विवरण सार्वजानिक गर्न समय नभएको बताउँदै चालु आवको ६० दिन भित्रै सम्पति विवरण सार्वजानिक गरिने बताएकी छन् । उनले आफ्नो कार्यकालमा सम्झनयोग्य दुई वटा कार्य सुनाइन् । ‘खानेपानी असुविधा भएको ठाउँमा लिफ्टिङको व्यवस्था गर्न बजेट छुट्याएको र खानेपानीको स्रोत नै नभएको कुश्माको पाङमा मुहान खोजी गरी लिफटिङ खानेपानीको योजना अगाडि बढाएकी छु’ उनले भने, ‘यी कार्य आफैमा गर्व लाग्दो छ ।’ मन्त्रालयले विद्युत महशुलमा करिव २ करोड रकम अनुदान दिएको छ ।
जसबाट ९ हजार २ सय ४० लिफ्टिङ खानेपानी योजना बनेका छन् । एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ । मन्त्रालयका सचिव सन्तोष कैनीले आगामी दुई वर्षभित्र एक घर एक धारा कार्यक्रम पनि सम्पन्न हुने बताए । यस अवधिमा १७ हजार ३ सय ४८ घरधुरीमा नीजि धारा जडान भइसकेको र त्यसबाट ९० हजार दुई सय जनसंख्या लाभान्वित भएको तथ्यांक उनले सुनाए । खानेपानी आयोजनाको तथ्यांक संकलन गरी व्यवस्थित अभिलेखिकरण गर्न गण्डकी प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता कार्ययोजनाको सुरुवात भएको सचिव कैनीले जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीको एक सय दिनमा हाँसिल मुख्य–मुख्य उपलब्धि जस्ताकोतस्तै :
माननीय मुख्यमन्त्री सरेन्द्रराज पाण्डेज्यूको नेतृत्वमा गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा मिति २०८० साल वैशाख २९ गते पदभार ग्रहण गरेपछिका १०० दिनका महत्वपूर्ण उपलब्धीहरु सार्वजानिकीकरणमा यहाँहरुलाई स्वागत तथा नमस्कार व्यक्त गर्दछु ।
खानेपानीतर्फ :
विद्युत्त महशुलमा करिव २ करोड रकम अनुदान २४० लिफ्टिङ खानेपानी योजना
एक घर एक धारा कार्यक्रमलाई निरन्तरता
यस अवधिमा १७३४८ घरधुरीमा निजि धारा जडान भै ९०२०० जनसंख्या लाभान्वित भएका । खानेपानी आयोजनाको तथ्याङ्क सङ्कलन गरी व्यवस्थित अभिलेखिकरण गर्न गण्डकी प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता कार्ययोजनाको सुरुवात । आधारभुतस्तरको खानेपानी सुविधामा विशेष जोड
घण्टौसम्म डोकोमा गाग्री बोक्नुपर्ने वाध्यता हटाउने अभियानको शुरुवात
धार्मिक स्थल, कोट, पदमार्ग, घरवास जस्ता महत्वपूर्ण स्थलमा खानेपानी सेवामा जोड
खानेपानी मुहान संरक्षण कार्यको लागि वजेट विनियोजन गरी कार्य सुरु भएको ।
सिंचाईतर्फ :
लिफ्टिङ सिँचाई योजनाको विद्युत महशुलमा अनुदान
बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने नीति लिइएको
यस अवधिमा ५१५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइएको
जलाशययुक्त आयोजना शुरु गरि जलविहार सन्चालन गर्ने नीति लिइएको
टार तथा फाँटहरुमा सिँचाइ सुविधा (बुलिनटार, पालुङटार, पिपलटार, राईनासटार, चापाकोटटार, घ्याल्चोकटार, पिपलबोट रनवाङ, पुट्टार)
गण्डकी सिँचाइ गुरुयोजना तयार गरिने
गण्डकी प्रदेशको सिँचाइ नियमावली, २०८० (मस्यौदा) उपर विभिन्न चरणमा छलफल भई अन्तिम रूप दिइएको
नदी नियन्त्रणः
नदि नियन्त्रण, पहिरो नियन्त्रण तथा आपतकालीन बाढी निग्राखसा नेपाल निर्माण ८ किमी तटबन्धन
मुस्ताङ जिल्लाको कालीगण्डकी नदी नियन्त्रण सम्बन्धी २८ करोडको योजना स्वीकृत स्याङजाको आँधीखोला नियन्त्रणको लागि करिव २० करोडको योजना स्वीकृत
आपतकालीन विपद् रोकथामको लागि तारजाली खरिद गरि तयारी अवस्थामा राखिएको
उर्जातर्फ :
गण्डकी प्रदेश ऊर्जा सम्बन्धी ऐन बिधेयक मस्यौदा तयारी
विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन
ढोरपाटन नगरपालिका–६ बाग्लुङको छेन्तुङका करिब ३९१ घरधुरीमा घरेलु सौर्य उर्जा जडान शुरुवात
उज्यालो गण्डकी प्रदेश यथाशिघ्र घोषणाको लागि सधैं सरकारसगँ सहकार्य गर्न लागिएको ।
गण्डकी प्रदेश ऊर्जा रणनीति तथा कार्ययोजनालाई अन्तिम रुप मन्त्रालयमा ३० किलोवाट क्षमताको सोलार जडान
अन्यः
८५.४४ प्रतिशत खर्च भइ गण्डकी प्रदेशमा सवैभन्दा धेरै वित्तिय प्रगती हाँसिल गर्ने मन्त्रालय
१० लाख भन्दा कम वजेट विनियोजन नगरिएको
योजना बैंक
गण्डकी प्रदेशको सिंचाइ नियमावली
माननीय सरस्वती अर्याल तिवारी
मन्त्री
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय