युक्रेनको राजधानी किभस्थित भएको हेलिकप्टर दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको बताइएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको हो । बीबीसीको समाचार अनुसार उक्त घटनामा तीन जना बालबालिकाले पनि ज्यान गुमाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूको नजिकका अस्पतालमा उपचार भइरहेको बताइएको छ । हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित जम्मा ९ जना सवार थिए ।
आन्तरिक मामिलामन्त्री डेनेसका सहायकमन्त्रीको पनि मृत्यु भएको अधिकारीले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इहोर किमेन्कोले युक्रेन सरकारको आपतकालीन सेवाको हेलिकप्टर दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । स्कुलबाट नजिकै हेलिकप्टर दुर्घटना भएपछि स्कुलका बालबालिका र कर्मचारीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए । दुर्घटनाले किन्डरगार्डेन सञ्चालन भएको भवनमा पनि ठूलो क्षति पुगेको छ भने, आगोको मुस्लो लागिरहेको देखिएको छ । एजेन्सी….
