यूएसएआईडीबाट करिब ८० अर्ब रुपैयाँ अनुदान लिने

Share this post :

Facebook
Twitter
WhatsApp

संघ सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलियन डलर अर्थात करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम लिने निर्णय गरेको छ । वैठकका निर्णय शुक्रबार सार्वजानिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसैगरी, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने निर्णय पनि मन्त्रिपरिषदको वैठकले गरेको छ । फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत् आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको पनि सो वैठकमा भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *