उपप्रधान एवम् गृहमन्त्री पदबाट रवि लामिछानेले राजीनामा दिएका छन् । सर्वाेच्च अदालतबाट फैसला भएपछि पदमुक्त भएका लामिछानेले वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । नियुक्त भएकाे ३२ दिनमा शुक्रबार पदमुक्त भएका हुन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।
Post Views: 23