उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धन संसदीय छानबिन विशेष समितिको बुधबार बसेको बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात मगाउने निर्णय गरेको हो ।
अनुसूची २ अनुसारका छानबिन गर्नुपर्ने सहकारीमा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् ।
Post Views: 110