पत्रकारिताबाट आफ्नै छुटै पहिचान बनाएका रवि लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणको घोषण गरेका छन् । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका लामिछानेले राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणको घोषणा गर्दै भने, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’
यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गरेका छन् । क्षमता भएका युवालाई आफ्नो पार्टीमा आवद्ध हुन पनि उनले आह्वान गरेका छन् । साथै ती युवालाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए ।
लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेको भए पनि निर्वाचनमा ुराइट टु रिकलुको व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको बताए । उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुने शासकीय प्रणालीको वकालत गर्ने, पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।