राजनीतिले धर्म र जातमाथि प्रहार भएकाे छ-मन्त्री गुरूङ

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लोसमय राजनीति घटना क्रममले धर्म र जातप्रति पणरहार भएकाे बताएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीले राजनीतिले धर्मावलम्बीबीच एकता नहुने बताए ।

चैते दशैकाे अवसर पारी बुधबार पाेखरा महानगर-२१ कृष्तीमा रहेकाे कालीका मन्दिरमा पुजा समाराेहमा उनले परम्परा धर्मलाई प्रहार गरिएकाे बताएका थिए । मन्त्री गुरूले जातजाती बीच द्वन्द्व निम्त्याउने कार्य भएकाे बताए ।

उनले ९३% भन्दा बढि हिन्दु बस्ने ठाउँमा धर्म निरपेक्ष घाेषणा गर्नु गलत रहेकाे बताए । नेता विकासकाे लागि जन्माउने बताउदै मन्त्री गुरूङले धर्म विनासकाे नेता जन्मनु गलत रहेकाे तर्क राखे ।

धर्मबीच एकता गर्दै सबै एक ठाउँमा उभिने बेला आएकाे उनले बताए । ‘धर्म निरपेक्षता घाेषणा भए अब भावी पुस्ता धर्म आस्था राख्ने काेट, मन्दिर भत्काएर फाल्नेछन्’ उनले भने ।

धर्म, संस्कार, संस्कृति जाेगाउन सबै नेपाली एकताबद्ध हुनुपर्ने उनले बताएका छन् । ‘जहाँ पुगिन्छ, त्यहाँ आउँदा बाटाेघाटाे हाेस । रातीमा बिजुली हाेस, खानेपानीकाे व्यवस्था हाेस । यहि नै विकास हाे’ उनले थपे ।

कालिका काेटका लागि मन्त्रालयबाट ५ लाख रूपैयाँ बजेट छुट्याएकाे पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *