रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

Share this post :

Facebook
Twitter
WhatsApp

फेब्रुअरी २३ बाट नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विमानस्थलबाट स्वतः रात्रिकालीन उडान हुने प्राधिकरणले जनाएको थियो । तर, उडान हुने दिन नजिकिँदा पनि यसका लागि क्यानमा हालसम्म कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने अनुमति पाएका छैनन् भने प्राधिकरणबाट आन्तरिक उडानतर्फ रात्रिकालीन उडानका लागि अहिलेसम्म कुनै सेड्युल जारी भइसकेको छ ।
विमानस्थल सञ्चालन गर्ने सेवा सुविधासँगै पूर्वाधार बनिसकेको भए पनि अहिलेसम्म कुनै एयरलाइन्सले अनुमति नपाएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने मुख्यतः वैदेशिक रोजगारीमा रहनेहरू तथा धार्मिक सांस्कृतिक पर्यटक हुन् । उडान भर्ने भनिएका जजिरा, फ्लाइ दुवै, कतार एयरवेज र बुद्ध एयरले अनुमति पाएका छैनन् । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको थियो । व्यवसायीले भारततर्फ नभए चीनतर्फ पहिलो अन्तर्राष्ट्रिय उडान गराउन माग गरेका छन् । तर, चीनबाट पनि कुनै अनुमति आइसकेको छैन ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै वायुसेवाले आइएफआर प्रणाली अन्तर्गत उडान अनिवार्य गर्नुपर्नेछ । आइएफआर उडान भर्ने अनुमति फेब्रुअरी २३ मात्र लागु हुन्छ । विमानस्थलमा फ्लाइट सङ्ख्या घट्नु र अन्तर्राष्ट्रिय उडान समेत अनिश्चित हुँदा चर्को ऋणको ब्याज र किस्ता विमानस्थलबाट नउठ्ने भन्दै आलोचना समेत हुने गरेको छ । चिनियाँ एक्जिम बैंकबाट २२ अर्ब रुपैयाँ चर्को ब्याजमा लिएर यो विमानस्थल निर्माण गरिएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *