राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपतिको निर्वाचनमा मतदान नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपनिर्वाचनको निर्वाचनमा पनि सहभागी नहुने भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । उपराष्ट्रपतिका पदका लागि ४ जनाका उम्मेदवार छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जनता समाजवादीका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने भएका छन् । एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ भने, जनमत पार्टीकी उम्मेदवार ममता झालाई लोसपा र नागरिक उन्मुक्तिले सघाउने निर्णय गरेका छन् । जसपाकी प्रमिलाकुमारी यादव पनि उम्मेदवार रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *