रामेछापको जिल्ला सदरमुकाम मन्थली बजारसँगै देखिएको तामाकोशी नदी । नदी किनारमा झुलेको पहेँलपुर धानखेती । यही नदीवाट पानीलाई सिँचित गरि कृषिमा लगिएको छ । यही नदीवाट लगिएको पानीले खेतीयोग्य जमिन बढेको छ भने कृषि उत्पादनमा पनि बृद्धि भएको छ । तामाकोशी नदी रापेछाप जिल्लाकै एउटा महत्व बोकेको नदी हो ।
तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो । तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ । तामाकोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बतबाट बग्न सुरु गर्दछ । बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ किमी फैलिएको छ ।
तामाकोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ । यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ । राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापलाई सितलामाजु नाम दिेइएको थियो ।
जसले उनीहरूको कठिन यात्रा र दुःख वर्णन गर्दछ । गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ, जसबाट यो नदी उत्पन्न भएको हो । यस नदीको पानीको गति असाध्यै उच्च छ । यस नदीको पानीको बहाबलाई ग्रेड ४.६ दिइएको छ । तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो ।
धेरै उच्च बहाब र रेपिडको कारण यो नदी व्यवसायिक प्रयोग को लागि कठिन छ । व्यवसायिक प्रयोग कठिन भएता पनि र्याफ्टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ । यो नदी दोलखा, रामेछाप, सिन्धुली हुँदै बग्ने नदी हो ।
नेपालको बहुप्रतिष्ठित माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६ मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ ।