राष्ट्रपति एमालेले पाए बर्बाद– नेपाल

Share this post :

Facebook
Twitter
WhatsApp

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेको भागमा दिन नहुने बताएका छन् ।

बुधबार पोखरामा संचारकर्मीसँग भेटघाट गर्दै अध्यक्ष नेपालले सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, निर्वाचन, अख्तियार लगायतमा एमालेकै प्रतिनिधि रहेको बताउँदै राष्ट्रपति पनि एमालेले पाए बर्वाद हुने बताएका हुन् ।
राष्ट्रपतिमा राष्ट्रिय सहमती खोज्ने क्रम जारी रहेको उनले बताए ।

यसका लागि विभिन्न प्रदेश पुगेर छलफल चलाएको बताउदै उनले सहमति र सहकार्यबाट नै उम्मेदवार बनाउने बताएका छन् ।

‘संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, संविधानसँग प्रतिवद्ध दलहरूसँग सहकार्य, मोर्चा हुन्छ’ उनले भने, ‘प्रचण्डजीले अहिले गठबन्धनको नेतृत्व गर्नुभएको छ । म उहाँको प्रवक्ता झैं नै भएको छु । तर, यो गठबन्धन खिचडीको जस्तो छ । त्यहाँ प्रतिगमनकारी समेत छन् । प्रचण्डजीलाई त हामी स्विकार गरेका हौं, प्रधानमन्त्री नै मान्न तयार थियौं । अन्तिममा अर्कै गठबन्धनबाट उहाँ प्रधानमन्त्री बन्ने स्थिती आएपछि उहाँ जानुभएको हो ।’ उनले यसअघिकै गठबन्धन उचित रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *