राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *