राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

Share this post :

Facebook
Twitter
WhatsApp

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज दिउँसो राष्ट्रपतिको कार्यालयमा शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयले सोमबार विशेष समारोहको आयोजना गरेको थियो ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल फागुन २५ मा राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति हुन् । अब उनको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *