राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा उठाउँछौँ– प्रधानमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन् ।

शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताए । ‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु’ प्रधानमन्त्रीले भने, ‘यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु ।

आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ । यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ । समाजवादी मोर्चाबारे बोल्दै प्रधानमन्त्रीले मोर्चा कुनै आवेगमा नबनाइएको बताउँदै भने, सानो उद्देश्य लिएर बनाइएको पनि होइन । निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन । यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो।’
यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा रहेको उनको भनाई थियो ।

‘विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो । माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो । मलाई खुसी छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाएका हौँ।’ प्रधानमन्त्री प्रचण्डले मोर्चा बनाए पनि पार्टी एकता भने नगर्ने बताएका छन् । उनले विगतमा दिनमा अध्ययनविना पार्टी एकता गर्दा दुर्घटना निम्तिएको बताउँदै अध्ययन र छलफलपछि मात्रै एकताबारे सोच्न सकिने बताएका हुन् ।

विभाजित सबै कम्युनिस्टहरू एकतावद्ध हुनुपर्ने उनको भनाई छ । त्यसका लागि समाजवादी मोर्चा पहिलो कदम हो । विवादहरू समाधानको बाटोमा छन् यिनलाई छिट्टै निष्कर्षमा पुयाइने उनले बताएका छन् । ‘क्रान्तिको आफ्नो वस्तुगत नियम छ । यो मानिसको इच्छा अनुसार चल्दैन’ प्रचण्डले भने, ‘यो क्रान्ति र प्रतिक्रान्तिको नियमअनुसार अगाडि जान्छ । हामी पनि त्यही प्रक्रियाभित्र छौँ । जनयुद्ध र जनआन्दोलनदेखि संविधान सभासम्मको वाद थियो । त्यसपछि हामी विवादमा गयौँ, त्यसले हामीलाई विभाजित गर्‍यो । अब हामी संवादको प्रक्रियामा छौँ । विवादले अन्यौल र आशंका जन्मायो, त्यो व्यक्तिगत विषय थिएन । संघर्षको चरण सकिएपछि त्यो नयाँ आधारमा नयाँ एकतातिर जान्छ । यो पूरानो एकता होइन नयाँ आधारमा नयाँ एकता हुनेछ । यो समाजवादी क्रान्तिका निम्ति एकता हो।’

सरकारको मोर्चाबाट आफूहरुले सकेसम्म जनमुखी काम गरिरहेको उनले बताए । परिवर्तन रक्षा गर्ने कि ध्वस्त पार्ने भन्ने बहस चलेको बताउँदै उनले संसद र लोकतन्त्र कमजोर पार्ने षड्यन्त्र चिरेर आएको बताए । चार दलको यो मोर्चा थप बिस्तारित हुँदै जाने उनको भनाई छ । अन्य वामपन्थी, लोकतान्त्रिक र समाजवादी शक्ति एकतावद्ध हुँदै जाने र यो विशाल शक्ति बन्दै जानेमा उनी ढुक्क छन् ।

यो सरकार सुझबुझपूर्ण ढंगले गठन भएको हो । नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा काम गरिरहेको उनले बताए । राजनीतिक मोर्चामा सफल अवतरण गरिरहेको बताउदै उनले गठबन्धनभित्र राम्रो एकता पैदा भएको बताए । सरकार बेथितिका विरूद्ध लडिरहेको बताउदै उनले भने, ‘यी काम सामान्य छैनन् । जनताको हैरानी परिसानी सम्बोधन गर्नेगरि यो अभियान सुरू गरेको थिएँ । म प्रधानमन्त्री बन्दै गर्दा देश श्रीलंका बन्छ भन्ने आतंक थियोे । अहिले त्यस्तो परिस्थिति छैन । वित्तीय नीति र मौद्रिक नीतिबीच एकरूपता कायम गरिएको छ । निजी क्षेत्रलाई विश्वास लिएर काम अगाडि बढेको छ । रेमिटान्स बढेको छ, राजश्व बढेको छ, पर्यटक आगमनमा वृद्धि छ । तर, अर्थतन्त्रको दवाव पूरै हटिसकेको छैन। यसका लागि सरकारले दृढतापूर्वक काम गर्दैछ।’

विदेशमा जाने युवाका निम्ति सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको उनले बताए । अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गरिएको छ । यसले सामाजिक कल्याणको माध्यमबाट समाजवादको आधार तयार पार्ने उनको भनाई छ । भ्रष्टाचारविरोधी अभियान मात्रै होइन । राष्ट्रिय गौरवका आयोजनालाई गति दिने प्रयास गरिएको उनले बताए । ‘देशमा राम्रो वातावरण बन्दै गएको छ’ उनले थपे ।

भ्रष्टाचारका कारण देश थिलोथिलो भएको छ । राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर छ । त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको छ । ललिता निवास सरकारी जग्गामाथि संस्थागत तस्करी अन्त्य गर्ने कुरा छ । सुन तस्करीको भयानक जालो तोड्ने कुरा छ । प्रधानमन्त्तीले सुनाए । मिटरब्याज पीडित गरिब किसानको पक्षमा प्रहार गर्यौँरेको बताउदै उनले ऐन र आयोग बनाएको बताए । यस्तै, जनयुद्ध दिवस, सहिद घोषणा गरेको र देश, जनताको पक्षमा लिइएका पहल सामान्य प्रकृतिका नभई दूरगामी महत्त्वका रहेको उनले बताए ।

अर्थतन्त्रमा गति ल्याउन महत्त्वपूर्ण काम भएका छन्। १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ । यसले लगानीको राम्रो वातावरण बनेको छ । सीमा समस्या समाधानका लागि महत्त्वपूर्ण काम भएको छ । पञ्चेश्वर परियोजना अगाडि बढेको छ । पञ्चेश्वरले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ । बंगलादेशसँग विद्युत व्यापारको सम्झौता भएको छ । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी परियोजना अगाडि बढाउने क्रममा रहेको उनले बताए ।

‘विरोधीले सरकारले राम्रो गर्‍यो भन्दैनन्’ प्रचण्डले भने, ‘उनीहरूले त खत्तम पारे भन्छन् । सरकारका राम्रा काम जनतामा लैजाने हामीले नै हो ।’ उनले तत्कालै ची भ्रमण पनि रहने बताउदै यसका लागि एजेण्डा तय भइसकेको बताए । पूर्वाधार विकास, पोखरा र भैरहवा विमानस्थलमा सीधा उडान र कृषि (घाँस निर्यात) सम्बन्धि मुद्धा प्राथमिकतमा पर्ने उनले बताएका छन् । चीनमा राँगो र भैँसीमो मासुको माग बढ्दो रहेकाले राँगो र भैँसी निर्याततर्फ पनि सरकारले पहल गर्ने बताएका छ्न । प्रमको चीन भ्रमणपश्चात मुस्ताङको कोरला नाका, गोरखाको रूइला नाका खोलिने छिन् । कर्णाली परियोजनासँगै रसुवाबाट विधुत निर्यात गर्न ट्रान्समिटर लाईन बनाउन पहल हुनेछ । चीनसंग पनि सन्तुलित ढंगले अगाडि बढ्ने उनी बताउँछन् ।

हिल्सा र कोरला नाका सञ्चालनमा ल्याउने पहल हुनेछ । चीनसँग पनि विद्युत व्यापार सम्झौता हुने विश्वास प्रमको छ । ‘सरकारबारे विभिन्न प्रश्न उठाइएको छ । प्रचण्डले खुट्टा कमाउँछ, आफ्नालाई छोड्छ भन्ने गलत प्रचार गरिएको छ । प्रचण्डले भ्रष्टाचार गरे पनि नछोड्नु भनेको छु’ उनले भने, ‘दोषी छ भने कांग्रेस, एमाले, माओवादी, समाजवादी जोसुकै भए पनि छोडिँदैन । यो अभियान रोकिँदैन । यसमा गठबन्धन पनि एकमत छ । यो गठबन्धन पाँच वर्ष जान्छ ।’
भ्रष्टाचारविरोधी अभियानमात्र नभई राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनसँगै विविध क्षेत्रमा सकारात्मक पहल भएको बताए । उनले राज्यको नेतृत्वमा पुग्ने कर्मचारी र नेता नै भ्रष्टाचारी रहेको बताउदै उनको विरूद्र यो अभियान चलाएको बताए । नागरिकताविहिन नेपालीलाई नागरिकता दिएको भन्दै उनले द्वन्द पीडितलाई पनि सम्बोधन गरिएको बताए ।

भारत भ्रमण सफल भएको तर्क उनको थियो । नेपालीको ईतिहासमा पहिलोपटक भारत र नेपालको सीमानाको समस्या हल गरिने समझ्दारी भएको बताए । विधुत निर्यात सम्झौता पनि अर्को उपलब्धी रहेको उनले बताए । अर्थतन्त्र चलायमान गराउन बुढीगण्डकी परियोजनालाई प्राथमिकतामा राखिएको उनले बताए । यसलगतै चिसापानी परियोजनालाई पनि अगाडि बढाईने बताए । चीनसंगका एजेन्डा फाईनल भएका छन् । प्रम प्रचण्डले सरकार दवावमा रहेको स्वीकार गरेका छन् । यस्तै ललिता निवास प्रकरणमा माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । उनले सीआइबीले छानविन गर्दा भ्रष्टाचारको कुनै प्रमाण नभेटेको बताउँदै निर्दोष सावित भएको दावी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *