रबि लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशमा विभिन्न बिभाग प्रमुख चुनिएका छन् । गण्डकी प्रदेश समितिकाे पहिलो अाैपचारिक बैठकबाट बिभाग प्रमुख नियुक्त भएका हुन् ।
सुचना तथा प्रचारप्रसार विभाग प्रमुखमा स्याङ्जाका बाेधराज रेग्मी नियुक्त भएका छन् ! त्यस्तै संगठन विभाग प्रमुखमा कास्कीका अशाेक खड्का र अार्थिक बिभाग प्रमुखमा कास्कीकै सविता शर्मा उपाध्याय नियुक्त भएकी छिन् ।
अावश्यकता अनुसार अन्य विभाग प्रमुखहरु समेत नियुक्त गर्दै जाने गण्डकी प्रदेशका सभापति डा. ढाका कुमार श्रेष्ठले बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेकाे समयमा देशको अावश्यकता हो, पुराना दलहरुका कार्यहरुप्रति अाम जनताहरु रुष्ट छन्, समाज र राष्ट्रका मुद्दामा समाधानका निम्ति एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी हो ।´ अहिले देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनलहर बढिरहेको र अागामी निर्वाचनमा पार्टिले लक्षित जित हासिल गर्नका निम्ति गण्डकी प्रदेशमा विभिन्न विभागिय प्रमुखहरु नियुक्त गरिएको समेत डा श्रेष्ठले बताए !
फरक एजेन्डा र सिद्धान्त बाेकि अाफुलाई जनताको सेवा गर्ने पार्टीकाे रुपमा स्थापित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देश दाैडाहमा छ र संगठन विस्तारलाई तिव्र रुपमा अगाडि बढाईरहेकाे छ ।
