राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य तथा सुचना प्रमुख बाेधराज रेग्मीले अागामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा देशका लागि एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको वताएका छन् !
स्याङ्जा जिल्ला फेदिखाेला गाउँपालिकाकाे पार्टी कार्यालय उद्घाटन तथा भेलामा सम्बाेधन गर्दै रेग्मीले भने – ” पुराना राजनीतिक दलहरूले जनताका समस्या सुन्न खाेजेनन् ,जनतालाई हरेक कुराबाट चुसिरहे , जनताका समस्यालाई समाधान गर्ने एकमात्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो “
सरकारमा रहेर अाफु र अाफ्ना कार्यकर्ता मात्रै साेच्ने , जनताका समस्या जस्ताको तस्तै रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि कार्यकर्ता तथा संगठन नहुने भन्दै अागामी निर्वाचनमा घण्टी चिन्हमा मतदान गरि पुराना दललाई पाखा लगाउँदै देशलाई परिवर्तनको दिशामा लैजान समेत अाग्रह गरे ! मंसिर ४ गतेकाे निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीकाेे नेतृत्वमा सरकार बन्ने र जनताका समस्या सम्बाेधन हुने समेत जिकिर गरे ! पार्टीको सदस्यता मात्रै नलिई अाफ्ना क्षेत्रमा रहेका समस्या समेत सम्पर्क कार्यालयमा लिखित रुपमा पेश गर्न अनुरोध गरे ।
कार्यक्रममा दिनेश क्षेत्री, क्या शिव बहादुर खत्री, जिल्ला सचिव रमेश पाेख्रेल, जिल्ला सभापति डिल्लीराम काेइराला, प्रदेश सदस्य विश्वास भण्डारी लगाएतले बाेलेका थिए भने पार्टीका सभापति रवि लामिछानेको भर्चुअल सम्बाेधन समेत रहेको थियोे ।
फेदिखाेला गाउँपालिकामा पुष्पराज शर्माको सभापतित्वमा गाउँपालिका समिति र विभिन्न वडासमिति चयन भएका छन् ! राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि अहिले देश दाैडाहमा रहेको छ ।
