राष्ट्रिय स्वतन्त्रका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका छन् । आज बसेको प्रतिनिधिसभाको वैठकमा उनले माफी मागे हुन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजानिक भएपछि परियारले संसदमा माफी मागेका छन् ।
उनले अडियोको विषयमा पार्टी गम्भिर भएको बताउदै छानविन भइरहेको बताए । उनले यस विषयमा सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिएको पनि बताए । परियारले विगतका यस्तै घटना पनि छानविनमा आउनुपर्ने बताउदै भने, ‘सुशासन र भ्रष्टाचार अभियान बोकेको रास्वपाकै प्रतिनिधिसभा सदस्यमार्फत भएको घटनाका कारण संसदको गरिमामा परेको आँचप्रति हामी क्षमाप्रार्थी छौं ।’
Post Views: 18