राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको विशेष अधिवेशनकाे माग गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै विशेष अधिवेशनको माग गरेको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलको ध्यानाकर्षणसमेत गराएको छ । विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक रहेको विज्ञप्तीमा बताइएको छ ।
Post Views: 49