राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले आज सात दिनको म्याद थप गरेको छ । पूर्वडीआइजी छविलाल जोशी र लामिछानेलाई अनुसन्धानको लागि सात दिनको म्याद थप गरेको हो ।
लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा म्याद थप गरेको भन्दै रास्वपाको विरोध प्रदर्शन विहीवार पनि पोखरामा गरिएको थियो । पोखरा–७ वाइचोकस्थित गरिएको आन्दोलन सिर्जनाचोक हुँदै पुन वाईचोक आएको थियो । आन्दोलनमा रास्वपाका कार्यकताले मादक पदार्थ सेवन गरेका थिए । युवाहरुको टोलीले प्रहरीबीच मुठभेद गर्दै निषेधित क्षेत्र तोडेर राष्ट्र बैंकचोक पुगेर आन्दोलन गरेको थियो ।
प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन नसकेपछि दुई वटा अश्रुग्याँस प्रहार गरेको थियो । थप मद्दतको लागि प्रहरी परिचालन गरिएको थियो ।
Post Views: 712