राहदानी किर्ते मुद्दामा पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का ४६ वर्षिय नगेन्द्रराज अधिकारी राहदानी किर्ते मुद्दामा पक्राउ परेका छन् । २०७३ मा किर्ते राहदानी बनाएका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो । उनी हालसम्म फरार थिए ।
पक्राउ परेका अधिकारीलाई सोमबार नै जिल्ला अदालत कास्कीमा हाजिर गराई ६ दिनको म्याद थप गरेको छ । उनले भाइको नागरिकता र अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयारी गरेका थिए । नक्कली कागजातले उनी विदेश (साइप्रस) गई लामोसमयसम्म बसोबास गरेका थिए । त्यसपछि संयुक्त राज्य अमेरिका गएका उनी नेपाल आएको समयमा प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *