रीड नेपाल र मातृभूमि पुस्तकालयबीच दोस्रो चरणको सम्झौतामा हस्ताक्षर

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित विर्घामा स्थापना भइरहेको मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच पुस्तकालयको स्तरोन्नतीका लागि एक कार्यक्रमकाबीच ५२ लाख २४ हजार ८ सय ४६ रुपैयाको सम्झौता भएको छ । सम्झौतापत्रमा रीड नेपालको तर्फबाट उपनिर्देशक चिनकाजी श्रेष्ठ र पुस्तकालयको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले हस्ताक्षर गरेका हुन् ।
उक्त क्षेत्रको नमूना पुस्तकालय र अध्ययनको उत्कृष्ट गन्तव्य बनाउने उद्धेश्यसहित स्थापना भइरहेको पुस्तकालयको पहिलो चरणको भवन निर्माणको कार्य भर्खरै सम्पन्न भएको छ । पहिलो चरणमा पुस्तकालयको मुख्य भवन आठ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो । कोभिड महामारी, वर्षायाम लगायतको अवरोधकाबीच पनि सम्झौता बमोजिम नै निर्धारित समयमा नै भवन निर्माणको कार्य सम्पन्न भएको हो । भवन निर्माणका लागि जापान सरकार, शान्ती भोलुण्टियर एसोसिएसन र रिड नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
पहिलो चरणको सम्झौता बमोजिम उत्कृष्ट ढङगबाट कार्य सम्पन्न भएपश्चात दोस्रो चरणको सम्झौता भएको हो । दोस्रो चरणको सम्झौता बमोजिम जापान सरकार, शान्ती भोलुण्टियर एसोसिएसन र रीड नेपालले उक्त पुस्तकालयलाई भौतिक सामाग्री, पुस्तकहरु, साधन स्रोत, तालिम लगायत अन्य प्राविधिक सहयोगहरु उपलब्ध गराउनेछ । दोस्रो चरणको सम्झौता पुस्तकालयलाई आधुनिक, प्रविधिमैत्री र अध्ययनमूलक बनाउन महत्वपूर्ण हुने व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताए ।
उपनिर्देशक चिनकाजी श्रेष्ठले दोस्रो चरणको कार्य पनि पहिलो चरणको जस्तै उत्कृष्ट ढङगले समयमा नै पूरा हुने विश्वास व्यक्त गरे । ‘पहिलो चरणको कार्य सम्पादनका लागि यहाहरुलाई बधाई दिन चाहान्छु‘’ उनले उनले भने, ‘दोस्रो चरणको कार्य पनि निर्धारित समयमा नै पूरा हुने आशालिएका छौं ।’ पाण्डेयले पहिलो चरणको कार्य सम्पादन प्रतिकूल समयमा सम्पादन गर्नुपरेकाले आफूलाई चुनौती र अवसर दुबै प्राप्त भएको बताए । चुनौतिका बावजुत पनि पहिलो चरणको कार्यलाइ निर्धारित समयमा नै सम्पन्न गर्न सकेकोको खुसी व्यक्त गर्दै उनले सहयोग गर्ने सवै पक्षमा आभार व्यक्त गरे । ‘पुस्तकालयलाई भिजिटिङ सेण्टर मात्रै नभई सिकाईका लागि सेण्टर अफ एक्सेलेण्टका रुपमा विकास गर्ने हाम्रो लक्ष्यमा आज गरिएको दोस्रो चरणको सम्झौता कोशे ढुङगा सावित हुनेछ’ उनले भने । गुणस्तर, आर्थिक पारदर्शिता, स्थानीय सहभागिता र सरोकारलाई पूर्णरुपमा पालना गर्दै पहिलो चरणको कार्य सम्पादन गरिएको चर्चा गर्दै उनले आफूले हालसम्म सम्पादन गरेका सबै कामरमध्येमा उक्त कार्य सर्वाधिक चुनौतिपूर्ण महसुस गरेको उल्लेख गरे । दुर्गम स्थानमा रहेको पुस्तकालय स्थानीय विकास र अध्ययनका लागि सबैको साझा गन्तव्य हुने विश्वास व्यक्तगर्दै अध्यक्ष पाण्डेले दोस्रो चरणको कार्य सम्पादनका लागि पनि आफू पूर्ण इमान्दारिताका साथ लागि पर्ने प्रण गरे ।
पुस्तकालयको दिगो परियोजनातथा स्थानीय महिलाको जीवनस्तर र आर्थिक उपार्जन सुधारका लागि महिलाकै सहभागिता र नेतृत्वमा अब छिट्टै नै महिला सहकारी संचालनमा ल्याइने योजना पनि उनले सुनाए ।
कार्यक्रममा पुस्तकालयका सस्थापकअध्यक्ष चण्डिकाप्रसाद पाण्डे, सल्लाहकारहरु डिल्लीराज पाण्डे, पशुपति पाण्डे, पूर्व सचिव टेकराज भट्टराईले पुस्तकालयको स्थापनाकालदेखि हालसम्मको अवस्थाकाबारेमा आफ्नो विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *