गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । यस्तै, टुक्रे याेजना पनि हटाएकाे छ भने, पाेखरामा मिटरमा ट्याक्सी चलाउन सफल भएकाे जनाएकाे छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले रुग्न योजनासंगै टुक्रे योजना पनि घटाउन सफल भएको बताए । मन्त्री जुग्जालीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा भएको उपलक्ष्यमा सोमबार पत्रकार सम्मेलनमार्फत आफ्ना मुख्य-मुख्य उपलब्धी सार्वजानिक गरेका थिए ।
मन्त्री जुग्जालीले मन्त्रालयकाे पदभार सम्हाल्दा यस मन्त्रालय अन्तरगतका ४७ वटा आयोजनाको काम रोकिएको थियो । ३० वटा आयोजनाका निर्माण व्यवसायी काममा फर्किसकेका छन् । १७ वटा आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन केन्द्रित भएकाे मन्त्री जुग्जालीले बताए ।
१७ आयाेजनाका ठेकेदार अहिले पनि सम्पर्कमा नआएकाे उनले बताएका छन् । मन्त्रालयले चालुु आर्थिक वर्षमा ३० लाख भन्दा कम बजेटका योजना कटौति गरेको थियो । गत वर्ष एक हजार ९ सय योजना रहेको यस मन्त्रालयमा चालु वर्षमा एक हजार एक सय वटा योजना मात्रै राखिएको उनको भनाई छ ।
मन्त्री जुुग्जालीले पदभार सम्हाल्ने क्रममा गरेको निर्णय प्रादेशिक सडक सञ्जाल गुुरुयोजनाको मस्यौदाका लागि गठन भएको प्राविधिक सहयोग समितिले प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुुगेको छ ।
चालुु आर्थिक वर्षमा १२ अर्वभन्दा बढी बजेट बिनियोजन भएको मन्त्रालयले थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुुल र २० वटा झोलुुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
पोखरा उपत्यकामा २०७७ मा ६ महिना सञ्चालन भएर बन्द भएको मिटरमा ट्याक्सी सञ्चालन गर्ने सेवा यही भदौ १ गतेदेखि पुुन सञ्चालन भएको छ । सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड २०८० स्विकृत र लागु भएको र २० वर्षे ट्याक्सी विस्थापित गरि विद्युुतीय कार दर्ता गर्ने प्रकृया अघि बढेको छ ।
यातायात व्यवस्था कार्यालय बाग्लुुङमा ११ वर्षपछि चार पाङग्रे सवारी साधनको लाइसेन्सको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनौट भई सम्झौताको तयारी भएको मन्त्री जुुग्जालीले बताए ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको कार्यभारको एक सय दिन पुरा भएको अवसरमा सम्पादित मुख्य उपलब्धीहरु जस्ताकाेतस्तै :
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
गण्डकी प्रदेश
मितिः २०८०/०५/०४
पत्रकार तथा सञ्चारकर्मी मित्रहरु,
माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको नेतृत्वमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा मिति २०८० साल बैसाख द्दढ गते पदभार ग्रहण गरेपछिका १०० दिनका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिकीकरण कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।
यस अवसरमा महान जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न परिवर्तनकारी आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु। साथै महान जनयुद्ध, जनआन्दोलन, मधेष आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुका घाइते, अपाङ्गहरुमा शिघ्र स्वास्थ्य लाभको कामना तथा बेपत्ता परिवारप्रति उच्च सम्मान प्रकट गर्दछु ।
यातायात क्षेत्रतर्फ
१. गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा उपत्यकामा द्दण्डण् भाद्र ज्ञ गते देखि भाडाका ट्याक्सीमा अनिवार्य रुपमा मिटर संचालन हुने पूर्वप्रतिबद्धता कार्यान्वयन भएको छ। यसवाट भाडाका ट्याक्सीवाट यात्रु ठगिएको र चर्को भाडाको मारमा परेको गुनासोको न्यूनीकरण गर्न ट्याक्सीको नियमित मिटर चेकजाँच गर्न संयुक्त अनुगमन समिति गठन गरी नियमित अनुगमन गरिएको छ ।
२. सार्वजनिक विद्युतिय सवारी सञ्चालन मापदण्ड द्दण्डण् स्वीकृत भै लागू भएको छ। द्दण् बर्षे ट्याक्सी विस्थापन हुँदा विद्युतिय भाडा कार दर्ता गर्ने प्रकृया अगाडी बढेको छ ।
३. यातायात कार्यालयहरुको सेवालाइ व्यवस्थित छिटो, छरितो र सहज तथा अनधिकृत व्यक्तिहरुको सहयोग लिन नपर्ने बनाउने प्रयास स्वरुप नेपालमा नै पहिलोपटक यातायात ब्यवस्था कार्यालय कास्की सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा अनलाइनवाट लाइसेन्स नवीकरणको शुल्क तिर्ने सेवा शुरु भएको छ। सेवाग्राही मैत्री कार्यालय बनाउन ज्भउि मभकप खडा गरी सेवाग्राहीलाई कार्यालयमा नै आवस्यक पर्ने सेवा सहयोगी कर्मचारीहरुवाट सहयोग उपलब्ध गराउने तयारी अन्तिम चरणमा छ ।
४. यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा झन्झटिलो, पट्यार लाग्दो लामो लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यतालाइ हटाइ कार्यालयवाट सेवा प्रदान गर्दा छोटो समय भित्र काम सकिने गरी सेवा संचालनको प्रकृया सरलीकरणको व्यवस्था गरिएको छ। साथै सेवाग्राहीलाई खानेपानीको निशुल्क व्यवस्था गरिएको छ ।
५. यातायात व्यवस्था कार्यालय बाग्लुङमा द्दण्टढ साल देखि रोकिएको चार पाङ्ग्रे सवारीको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल परिक्षा संचालन गर्ने गरि ट्रायल सेन्टर छनौट भै भाद्र छ गते सम्झौता गर्ने तयारी भएको छ।यसवाट कास्कीको यातायात कार्यालयमा सेवाग्रहीको चाप घटेर भिडभाड कम हुने र धौलागिरी क्षेत्रका सेवाग्राहीहरुलाई पोखरा आउने जाने समय तथा खर्च घट्ने छ ।
६. यातायात व्यवस्था कार्यालय ९लाईसेन्स० कास्कीको चार पाङ्ग्रे ट्रायल परिक्षामा अधिकांश परिक्षार्थीहरु अनुत्तीर्ण हुने जनगुनासोलाई मध्यनजर गर्दै म्बतकगल गाडिले मात्र ट्रायल दिनु पर्ने बाध्यकारी व्यवस्थालाई परिवर्तन गरी अन्य कम्पनीका गाडीलाई पनि ट्रायल परिक्षामा समावेश गराई अधिकतम रुपमा परिक्षार्थी पास गराउने व्यवस्थाको शुरुवात गरिएको छ ।
७. यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा दर्ता भएका सवारी साधनहरुको ढड्डा तथा फाईलहरु स्क्यान गरि सम्पुर्ण विवरण डिजिटाइजेशन गर्ने काम सम्पन्न भएको छ। सो काम प्रदेश भरिका अन्य यातायात कार्यालयहरुमा पनि विस्तार तथा निरन्तरता दिइने छ । यसवाट यातायातका सेवाहरु प्रविधिमैत्री हुने भएको छ ।
८. यातायात क्षेत्रमा नितिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संशोधन तथा नियमावली र कार्यविधि निर्माणको काम तदारुकताका साथ भैरहेको छ ।
भौतिक पूर्वाधारतर्फ
९. गण्डकी प्रदेश सरकारको आ।ब द्दण्डण्रण्डज्ञ को यस मन्त्रालय अन्तर्गतका सानारटुक्रे योजनालाइ कटौती गरि रु।घण् लाख भन्दा बढीका योजनाहरु मात्र समाबेश गरिएको छ।अघिल्लो आर्थिक बर्षमा ज्ञडण्ण् योजना रहेकोमा चालू आ।ब मा ज्ञज्ञण्ण् वटामा घटाइएको छ। विगतमा ठेक्का लागेका आयोजनाहरुलाइ निरन्तरता दिन र सम्पन्न गर्नका लागि प्रयाप्त बजेट विनियोजनको व्यवस्था गरिएको छ। योजनाको संख्या कम हुँदा प्राविधिक जनशक्तिलाइ भार कम पर्ने, योजना कार्यान्वन नियमन र अनुगमन गर्न सहज हुने, प्रशासनिक लागत घट्ने र योजना निर्माणको कार्य देखिने गरि काम हुने छ ।
१०. पदभार सम्हाल्ने क्रममा गरेको पहिलो निर्णय बमोजिम प्रादेशिक सडक सञ्जाल गुरुयोजना मस्यौदाका लागी प्राविधिक सहयोग समिति गठन भै सो प्रकृया अन्तिम चरणमा रहेको।यसबाट गण्डकी प्रदेश भित्रको सडक यातायात सञ्जालको योजनाबद्ध विकास गरी यातायात सेवाको भरपर्दो व्यवस्था गर्न, निर्माण भएका भौतिक संरचनाहरुको प्राथिमिकिकरण सहित मर्मत संभार गर्न सडक छनौट, निर्माण, स्तरोन्नती, वर्गिकरण र प्राथमिकरण गर्न सहयोग हुने छ ।
११. प्रदेश सरकार अन्तर्गतका सडकहरुमा बर्षायामको समयमा पनि नियमित यातायात सेवा संचालन तथा बाह्रै महिना सडक सुचरुको लागि आपतकालिन सडक मर्मत संभार कोष खडा गरी सडक मर्मत सम्भार छिटो छरितो तवरले अनुगमन तथा निर्देशन बमोजिम काम भैरहेका छन् ।
१२. यस मन्त्रालयमा कार्यभार सम्हाल्दा कायम भएका रुग्ण आयोजनाहरुको संख्या द्धठ वटा रहेकोमा मन्त्रालय तहबाट समन्वय र सहजिकारण गरेर ज्ञठ वटामा झारिएको छ। रुग्ण आयोजनाहरुको संख्या घटाउने प्रायास जारी राखेका छौ ।
१३. गण्डकी प्रदेश अन्तर्गतका मुख्य राजमार्ग, सहायक राजमार्ग र जिल्लाको मुख्य राजमार्ग सञ्जालहरुको बैकल्पिक बाटो पहिचान तथा मर्मत संभार गरी बर्षायाममा समेत तत्काल सडक सूचारु गर्न सडक विभाग,मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख, ट्राफिकहरुसंग आवश्यक समन्वय निर्देशन गरी कार्यप्रकृया अगाडी बढाइएको छ ।
१४. नयाँ आर्थिक वर्षमा थप ३०० किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने मन्त्रालयको लक्ष्य लिइएको छ ।
मिति : २०८० भदौ ४
माननीय रेशम बहादुर जुग्जाली
मन्त्री
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय