लमजुङमा अनिवार्य मास्क अभियान

Share this post :

Facebook
Twitter
WhatsApp

कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा अनिवार्य रुपमा मास्क अभियान सञ्चालन सुरु गरिएको छ । कोभिडको जोखिम बढ्दै गएपछि संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो ।
सुन्दरबजार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पाउँदी नाकामा हेल्थ डेक्स स्थापना गरी सचेतना सहितको माक्स अभियान सञ्चालन गरिएको हो । माक्स लगाउँदा मात्र पनि कोभिड संक्रमण फैलिनबाट जोगिने भन्दै अभियानमा साथ दिन प्रहरीले आग्रह गरेको छ ।
अभियानअन्तर्गत नाकाबाट प्रवेश गर्ने हरेक सवारी साधनमा चेकजाँच गर्नुका साथै यात्रु र पैदल यात्रीलाई सचेतना सहित माक्स वितरण गरिएको छ । सुरुवाती चरणमा पाउँदी नाकामा सञ्चालन गरिएको यस अभियान अन्य नाकाहरुमा पनि छिट्टै सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई मास्क लगाउन अनुरोध गरेको र पैदल तथा सवारी साधनमा हिडडुल गर्नेलाई  माक्स लगाउँन अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *